×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाल र भारतबीच रहेको संवादहीनताको अवस्थाको अन्त्य भयो’ : परराष्ट्रविद् डा. थापा (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘नेपाल र भारतबीच रहेको संवादहीनताको अवस्थाको अन्त्य भयो’ : परराष्ट्रविद् डा. थापा (भिडियो रिपोर्ट)

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने आभास मिलेको टिप्पणी गर्नुभएको छ । पछिल्लो समय दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु र विकास निर्माण सम्बन्धी निकायबीच वार्ता हुनुले दुई देशबीच रहेको संवादहीनताको अवस्थाको अन्त्य भएको बताउनुभएको हो । सोमबार न्यूज एजेन्सी नेपालका संवाददातासँग कुराकानी गर्दै पछिल्ला दुई घटनाले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको टिप्पणी गर्नुभएको हो । नेपाल भारतबीच सीमा विवादका विषयमा विवाद रहेको र नेपालले कुराकानी गर्न भारतलाई पत्राचार गरेको विषयमा भारतले बेवास्ता गरिरहेको अवस्थामा एउटा संयन्त्रको छलफल हुनु र प्रधानमन्त्री स्तरमा पनि टेलिफोन वार्ता हुनुले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको तर्क डा. थापाले गर्नुभएको हो । उहाँले संवादको सुरुवात मात्रै नभई समझदारीको नयाँ आधार खडा भएको समेत बताउनुभयो । 
उहाँले भन्नुभयो ‘दुई देशको विकास निर्माण सम्बन्धी निकायको ढिलासुस्ति भयो काम भएन भन्ने गुनासो नेपालमा बराबर भएको हो । त्यसलाई सम्बोधन गर्नका लागि नेपालको परराष्ट्र सचिव र भारतको राजदूतले वार्षिक बैठक गरेर समिक्षा गर्ने र अगाडि बढाउन के गर्न सकिन्छ भन्नेमा सम्बोधन गर्ने जुन निकाय थियो त्यसको बैठक भएको हो यो । त्यसलाई पनि हेर्दा संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको संकेतको रुपमा हामीले लियौं । किनकी त्यो भन्दा अगाडि कुनै प्रकारको औपचारिक भेटघाट र संवाद भएको थिएन । भारतको स्वतन्त्रता दिवसको अवसरमा दुईवटा प्रधानमन्त्रीको बिचमा वार्ता हुने र वार्तामा भनिए नभनिएपनि दुई देशको सम्बन्धमा भएको संवादहीनतालाई माथिल्लो तहमा सर्वोच्च तहमा तोडिएको मात्र होइन भएका समस्याहरुको समाधान वार्ताबाट गर्ने भन्ने किसिमको आभास पनि भएको हो । त्यसले गर्दा जुन एउटा अप्ठेरो पनले संवादहीन परिस्थिति सृजना भएको थियो त्यसो भएकाले संवादको सुरुवात सिमित रुपमा विकास निर्माणको आयोजनाहरुको समालोचना गर्ने र त्यसपछि दुईवटा प्रधानमन्त्रीको बिचमा सम्बन्ध भएकोले गर्दा संवादको सुरुवात मात्रै होइन समझदारीको पनि नयाँ आधार खडा भएको छ की भन्ने कुरा बुझ्न सकिन्छ ।’ 
सीमा विवादपछि नेपाल र भारतबीच संवाद हिनता रहेको बेला सोमबार नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राबीच विकास निर्माण सम्बन्धमा वार्ता भएको हो । यसअघि गत शनिबार भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको थियो । त्यस्तै स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरुसँग सुरक्षा, विकास र विस्वासको साझेदारीका साथ सांस्कृतीक, आर्थिक र समाजिक रुपमा सम्बन्धलाई बलियो बनाउने बताउनुभएको थियो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: