Skip to content
LAXMI SUNRISE BANK

भोजपुरमा कोरोनाको त्रास, सबै सीमा नाका १५ दिनका लागि बन्द

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
भोजपुर । कोरोना संक्रमण फैलन नदिनका लागि भोजपुरका सीमा नाका मंगलबारदेखि १५ दिनलाई बन्द गरिएको छ । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भोजपुर प्रवेश गर्ने सबै नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 
सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले जिल्लामा रहेका साना ठूला होटल पनि बन्द गर्ने निर्णय भएको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।बैठकले होल्डिङ सेन्टर व्यवस्थापन तथा लेगुवाघाटमा हेल्थ डेक्स स्थापना गर्ने निर्णय पनि गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK