×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेयर शाक्य भन्छन् : ‘काठमाडौँ उपत्यकामा कोरोना नियन्त्रण गर्न सबै नाका सिल गर्नुपर्छ’ (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार

PRIME CA

मेयर शाक्य भन्छन् : ‘काठमाडौँ उपत्यकामा कोरोना नियन्त्रण गर्न सबै नाका सिल गर्नुपर्छ’ (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड १९ को परीक्षण बढाउने भन्दा क्वारेन्टाइन व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमको सोमबारको बैठकमा फोरमका अध्यक्षसमेत रहनु भएका मेयर शाक्यले पीसीआर परीक्षणको दर बढाउन भन्दापनि क्वारेन्टाइनको संख्या बढाउन आवस्यक रहेको बतानउनुभयो । पीसीआर परीक्षणले संक्रमण पछिको अवस्थाको जानकारी मात्र दिने भएकाले संक्रमण नै हुन नदिन व्यवस्थित र मापदण्ड अनुसारको क्वारेन्टाइन निर्माण गर्नुपर्ने बताउनुभयो ।

एक दिनमा १० हजार पीसीआर परीक्षण गर्दा ठूलो रकम खर्च हुने तर नतिजा ननिस्कने भएकाले पीसीआर परीक्षण भन्दा क्वारेन्टाइनमा राखेर संक्रमणको रोकथाम गर्नुपर्ने बताउनुभयो । त्यस्तै कन्ट्याक्ट ट्रेसिङ गरी निश्चित ठाउँ सील गर्नुभन्दापनि उपत्यका प्रवेश गर्ने नाकाहरुमा सील गरी आवतजावतमा कडाई गरेमा संक्रमणको जोखिम न्युनीकरण गर्न सकिने शाक्यले बताउनुभयो ।

मेयर शाक्यले बाहिरी जिल्ला र भारतबाटसमेत मानिसहरु काठमाडौं आएकाले संक्रमणको जोखिम बढेको बताउनुभयो । अहिले सम्म पनि समुदायमा धेरै संक्रमण नदेखिएको तर यसलाई नियन्त्रण गर्न नसके कुनैपनि बेला स्थिति भयावह हुन सक्ने उहाँले बताउनुभयो । यो विषयलाई आफुले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा समेत राखेको र सरकारबाट समस्या समाधान हुने अपेक्षा गरिएको बताउनुभयो । -हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: