×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसरीका लेखा अधिकृत विकास पोखरेलविरुद्ध मुद्दा दायर, यस्तो छ आरोप

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुनसरीका लेखा अधिकृत विकास पोखरेलविरुद्ध मुद्दा दायर, यस्तो छ आरोप

Artha Sarokar

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पोखरेलले ६५ हजार घुस लिएको भन्दै आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
उपमहारनगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले सेवाग्राहीसँग घुस माग गरेको आरोप लागेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेलविरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी