×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरको कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

GLOBAL IME BANK

विराटनगरको कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सिराहाको लाहान घर भई विराटनगर महानगरपालिका– १० बस्ने ६५ वर्षीया महिलाको मृत्यु भएको हो । बिहीबार कोरोना पोजेटिभ देखिएपछि राति १० बजे अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार ती महिलामा फोक्सोसम्बन्धी समस्या रहेको थियो । चिकित्सकको निगरानी र हेरचाहमा रहेकै बेला बिहान अचानक श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै शुक्रबार नै मोरङमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । यसअघि शुक्रबार बिहान नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङको बेलबारी नगरपालिका ५ कि ५६ वर्षीया महिलाको मृत्यु भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: