
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुस्टि भएका १५ जनामध्ये ७ जना प्रहरी रहेका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएका छन् । संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् ।
संक्रमितहरु विराटनगर महानगरपालिका वडा नं. ६ र ७ का हुन् । वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण देखिएको छ । यसैगरी वडा नम्बर ६ काका २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एकजना पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्