×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा कोरोना संक्रमितको संख्या बढ्दो, महानगरमा संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विराटनगरमा कोरोना संक्रमितको संख्या बढ्दो, महानगरमा संक्रमित संख्या कति पुग्यो ?

Artha Sarokar

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर महानगरपालिका
  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । विराटनगर महानगरपालिकामा कोरोना  संक्रमितको संख्या दुई सय ७८ पुगेको छ । पछिल्लो पटक २२ जना संक्रमित थपिएसँगै संक्रमण संख्या तीन सयको नजिक पुगेको हो । विराटनगरको एउटा वडामा ११ जनामा संक्रमण पुष्टि भएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । 
विराटनगरमै गरिएको परीक्षणबाट मोरङको जहदाका एक र प्रदेश २ का चार जनामा पनि कोरोना देखिएको छ । विराटनगरमा शनिबार दिउँसो ३३ जना संक्रमित थपिएका थिए । राति थप २२ जनामा संक्रमण पुष्टि भएको हो । कार्कीले समुदायस्तरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको बताउँदै सबैलाई सचेत रहन र सावधानी अपनाउन आग्रह गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी