Skip to content
LAXMI SUNRISE BANK

विराटनगरमा थप १३ जना कोरोना संक्रमित फेला

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण फेला परेको छ । कोशी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा पाँच महिला र आठ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
कोरोना पुष्टी हुनेमा विराटनगर महानगरपालिकाका–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको छ । विराटनगर २ का १ जना, ६ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर १० का १ जना, वडा नम्बर ११ का ४ जना र वडा नम्बर १३ का ३ जना छन् ।
संक्रमितमध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK