Skip to content
LAXMI SUNRISE BANK

२३ तोला अवैध सुनसहित विराटनगरबाट १ जना पक्राउ, दूध पुर्‍याउने बहानामा भाग्दै थिए भारत…!

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बद्दताता 
विराटनगर । प्रहरीले २३ तोला सुनसहित १ जनालाई पक्राउ गरेको छ । तस्करी गरी अवैध रूपमा भारतर्फ लैजाँदै गरेको विराटनगर १७ घर भएका श्यामल सेन गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले दूध पुर्‍याउन जान लागेको बहानामा भारतर्फ लैजाने क्रममा उनीसहित २ सय ६७ ग्राम (२३ तोला) सुन बरामद गरिएको बताए ।
बरामद गरेको सुनको मूल्य २७ लाख ६७ हजार रुपैयाँ रहेको जनाइएको छ । प्रहरीले उनको साथबाट नेपाली रुपैयाँ ५ हजार, साइकल र मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका उनलाई  विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK