Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट थप एक महिलाको मृत्यु, कति पुग्यो मृत्यु हुनेको संख्या ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जमा कोरोनाबाट थप एक जनाको ज्यान गएको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टी भएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८ वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको बताए । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेसंगै मृत्यु हुनेको संख्या पनि बढेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK