
- अर्थ सरोकार सम्बाददाता
वीरगन्ज । पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगन्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका विर्ताका ८६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो । मृतक वृद्धमा कोरोनासँगै निमोनियाको पनि समस्या रहेको नारायणी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । उनी साउन २३ गते अस्पताल भर्ना भएकोमा २६ गते कोरोना पुष्टि भएको थियो ।
यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १७ पुगेको छ । यसअघि मंगलबार राति नै धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक र ललितपुरको पाटन अस्पतामा एक जनाको मृत्यु भएको हो ।मंगलबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले मृतकको संख्या १ सय १४ पुगेको जनाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्