×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जमा कोरोनाका कारण थप दुई जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

PRIME CA
GLOBAL IME BANK

वीरगञ्जमा कोरोनाका कारण थप दुई जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण आज थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका ५७, ८४ वर्षीय पुरुष रहेका छन् । ८४ वर्षीय पुरुषको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा गए राति साढे १० बजे मृत्यु भएको हो । उनी निमोनियाको समस्याले अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । 
यस्तै ५७ वर्षीय पुरुष नारायणी अस्पतालमा मङगलबार दिउसो साढे ३ बजे मृत्यु भएको हो । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: