×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जको गण्डक कोभिड अस्पतालमा थप एक पुरुषको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वीरगञ्जको गण्डक कोभिड अस्पतालमा थप एक पुरुषको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज – वीरगञ्जमा थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड विशेष अस्पतालमा उपचाररत ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।  उनको कोरोना परीक्षणको रिपोर्ट भने आइसकेको छैन । 
मुटुसम्बन्धी समस्या आएपछि उनी तराई अस्पताल पुगेका थिए । उनी आइतबार राति साढे ९ बजे गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । 
उनको एक्स–रे रिपोर्टमा दुईवटै फोक्सोमा निमोनिया देखिएको थियो । अक्सिजन दिँदा पनि अक्सिजन लेभलमा सुधार आइरहेको थिएन । अस्पतालमा बेड खाली नभएका कारण समन्वय गरेर कोभिड अस्पतालमा रिफर गरिएको तराई अस्पतालले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: