- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।
वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।