×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जमा थप २९ जना कोरोना संक्रमण मुक्त, मिर्गौला रोगीले पनि जिते कोरोना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वीरगञ्जमा थप २९ जना कोरोना संक्रमण मुक्त, मिर्गौला रोगीले पनि जिते कोरोना

Artha Sarokar

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जमा थप २९ जना कोरोना संक्रमण मुक्त भएका छन् । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर हस्पीटलमा उपचाररत २९ जना कोरोनामुक्त भई घर फर्किएका हुन् ।
कोरोना संक्रमणमुक्त हुनेमा ५ जना महिला र २४ जना पुरुष रहेका छन् । पोखरिया र वीरगञ्ज श्रीपुर घर भएका मिर्गौला रोगी दुई जना महिलाले पनि कोरोनालाई जितेका छन् । उनीहरुलाई हेल्थ केयर अस्पतालमा तीन पटकसम्म डायलायसिस गरिएको थियो ।
संक्रमणमुक्त हुनेहरुमा पर्साका २५ जना तथा दैलेख, धादिङ, बाँके र झापा घर भई वीरगञ्जमै कार्यरत ४ जना कोरोना संक्रमणमुक्त भएको अस्पतालले जनाएको छ ।
पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको र संक्रमणमुक्त भए पनि १४ दिन होम क्वारेन्टिन बस्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी