
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मृत्यु भएकी वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी २० वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए ।
योसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ। यसअघि गएराति पोखरामा ६२ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु भएको थियो।
शुक्रबार युवतीका आफन्तले वीरगञ्जका विभिन्न अस्पताल भर्ना गर्न खोजेका थिए। तर, कसैले पनि भर्ना नलिएपछि शनिबार नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो। गण्डक अस्पतालमा उपचार सुरु गरेको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियो । आज आएको परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो । वीरगञ्जमा निजी अस्पतालहरुले भर्ना नलिँदा पछिल्लो तीन दिनमा तीन जनाको मृत्यु भइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्