
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा बेलुकी साढे ७ बजे वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य स्थिति गम्भिर भएपछि उनलाई साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो । पछिल्लो १२ घण्टा भेन्टिलेटरमा राखिए पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्