×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेनसमा उपचार हुँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वीरगञ्जमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेनसमा उपचार हुँदै

Artha Sarokar

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज
  • अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरुमा ६० जना पुरूष र १५ जना महिला रहेका छन् । संक्रमित हुनेमा १२ वर्षका देखि ६८ वर्ष सम्म रहेका छन् । संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना नेपाल प्रहरी १ जना १५ बर्षकी महिला समेत रहेका छन् । 
वीरगन्ज स्थित रेहको भारतिय दुतावासका कर्मचारी ३५ बर्षिय १ जना पुरुष कर्मचारी, नारायणी अस्पतालका १ जना पुरुष र १ जना महिला कर्मचारी रहेको मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले बताए । साउन १८ गते देखि २४ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ७५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए । संक्रमितहरुको आइसोलेनसमा उपचार भइरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी