×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगन्जमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टी, पर्सामा मृत्यु हुनेको संख्या २१ पुग्यो

LAXMI SUNRISE BANK

वीरगन्जमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टी, पर्सामा मृत्यु हुनेको संख्या २१ पुग्यो

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगन्ज
  • अर्थ सरोकार सम्बाददाता
पर्सा । वीरगन्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टी भएको छ। शुक्रबार राति आधा दर्जन अस्पताल चहार्दा उपचार नपाएर वीरगन्ज – २ छपकैयाकी २० वर्षीया विष्णु लामाको मृत्यु भएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति आफन्तले ट्याम्पुमा राखेर लामालाई उपचारका लागि लिएर जाँदा वीरगन्जका आधा दर्जन निजी अस्पतालले भर्ना नलिएपछि गण्डकस्थित कोभिड अस्थायी अस्पतालमा पुर्‍याएका थिए । कोभिड अस्पतालमा शनिबार बिहान डेढ बजे पुर्‍याए पनि उपचारका क्रममा २ बजेतिर उनको मृत्यु भएको हो ।
लामाको स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले आइतबार बिहान दिएको रिपोर्टमा लामाको पनि पीसीआर पोजिटिभ आएको अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए । पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। साउनमा मात्रै पर्सामा १७ जनाको मृत्यु भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी