- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पूर्व अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल आइसोलेसनमा बस्न थालेका छन् । उनका अंगरक्षकलाई संक्रमण देखिएपछी पौडेल आज (आइतबार)देखि आइसोलेसनमा बस्न थालेका हुन् । पौडेलसहित उनका अंगरक्षकको केही दिनअघि स्वाब परीक्षण गरिएको थियो ।
शनिबार रिपोर्ट आएकोमा उनका अंगरक्षकको रिपोर्ट भने पोजेटिभ आएको हो । त्यस लगत्तै नेता पौडेल आइसोलेसनमा बस्न थालेका र सबैखालको भेटघाट बन्द गरिएको उनको निजी सचिवालयले जनाएको छ । पौडेलका अंगरक्षक भने अस्पताल भर्ना भएका छन् ।