Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूको सामाजिक कार्य: राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक अफ काठमाण्डूको कर्मचारी संघद्वारा श्री राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले श्री राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) उत्पादन गर्दै आईरहेको श्री राष्ट्रिय आविष्कार केन्द्रलाई यस बैंकको कर्मचारी संघद्वारा वित्तिय सहयोग हस्तान्तरण गरेको हो ।
आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा. महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आइरहेका छन् ।
बैंकको कर्मचारी संघले विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा बैंकसंगै अग्र स्थानमा रही सेवा गरिरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK