×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बक्सिङ संघको विवाद झनै उत्कर्षमा पुग्यो, राखेपले माग्यो अध्यक्षसित आर्थिक विवरण…! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बक्सिङ संघको विवाद झनै उत्कर्षमा पुग्यो, राखेपले माग्यो अध्यक्षसित आर्थिक विवरण…! (भिडियो रिपोर्ट)

Artha Sarokar

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । नेपाल बक्सिङ संघ नीति अनुसार चल्न नसकेको भन्दै संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुगेको छ । आर्थिक अनियमितता, एकलौटी रुपमा संघ सञ्चालन गरेको भन्दै संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यबीच विवाद छ ।

यति वेला नेपाल बक्सिङ संघ आन्तरिक विवादको चंगोलमा रुमलिएको छ । दुई फरक समूहको नेतृत्वमा आरोप प्रत्यारोप भइरहेको छ । अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन । अध्यक्षले एकलौटी रुपमा संघ सञ्चालन गरेको, आर्थिक पारदर्शिता नभएको जस्ता आरोप महासचिव सविनले अध्यक्ष समूहलाई लगाएका छन् ।

आन्तरिक खिचातानीको भूमरीमा रुमलिएको संघले सम्भावनाका बावजुद पनि अपेक्षित सफलता हात पार्न सकेको छैन । किचलोका कारण संघले आफ्नै आयोजनामा हुने राष्ट्रिय प्रतियोगिता समेत गर्न सकेको छैन । प्रतियोगिता तयारी गरिरहेका खेलाडी नेतृत्वको चपेटामा परेका छ । विवाद समाधनका लागि अध्यक्ष र कार्यसमितका पदाधिकारीहरु बसेर छलफल गर्नु पर्ने महासचिव भट्टचार्य सुझाव दिन्छन् ।

यता अध्यक्ष राम अवाले भने महासचिवको आरोपमाथि छलफल गर्न पनि चाहँदैनन् । निरन्तर पर्यास गर्दापनि अध्यक्ष अवाले सम्पर्कमा आउन चाहेनन् । संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानविन गर्न माग सहित राखेपमा उजुरी दिएका थिए । सोही उजुरीलाई टेकेर राखेपले अध्यक्षलाई विवरण पेश गर्न आदेश गरेको छ ।

नेपालले पदक ल्याउने मध्येको खेल बक्सिङ हो । आन्तरिक खिचातानीमा संघ रुमलिँदा खेलाडीमा कस्तो असर पर्छ नेतृत्वले ध्यान दिन जरुरी छ । अनि नियमक निकायले निगरानी राखेर उचित कदम चाल्दा खेलाडीको हित हुन्थ्यो कि ? हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी