Skip to content
LAXMI SUNRISE BANK

मनपरी गर्ने ब्रोकरलाई नेप्सेको कारवाही !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हात्तिसारमा रहेको डायनामिक मनि म्यानेजर्स सेक्युरिटी (ब्रोकर नम्बर ४४) लाई कारवाही गरेको छ । उक्त ब्रोकरले सेयरधनीको खातामा रहेको सेयरलाई १० कित्ता भन्दा कममा टुक्राएर कारोबार गरेको थाहा पाएपछि नेप्सेले आज कारोबार गर्न नपाउने गरी कारवाही गरेको हो । आज सो ब्रोकर कम्पनीबाट सेयर कारोबार हुने छैन । 
नेप्सेले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को नियमअनुसार न्यूनतम खरिद बिक्री एकाइभन्दा कम परिमाणको सेयरको ’अड लट’ कारोबार गरेको आरोपमा कारवाही गरेको जनाएको छ ।
यता नेप्सेका सीइओ चन्द्र सिंह साउदले १० कित्ताभन्दा कम बिक्री गर्न नपाउने व्यवस्था हुँदासमेत सो ब्रोकरले  सेयरधनीको खातामा प्रयाप्त सेयर हुँदा पनी टुक्राएर कारोबार गरेको थाहा पाएपछि आजका लागि कारोबार रोक्का गरेको बताए । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK