×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवलमा १० जना थुनुवामा कोरोना संक्रमण पुष्टी, २ चिकित्सक पनि संक्रमित

PRIME CA
GLOBAL IME BANK

बुटवलमा १० जना थुनुवामा कोरोना संक्रमण पुष्टी, २ चिकित्सक पनि संक्रमित

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका १० जना थुनुवामा कोरोना पुष्टी भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले १० जना थुनुवामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । 
विभिन्न घटनामा बुटवल आसपासबाट पक्राउ गरिएका उनीहरुको कोरोना पोजेटिभ पाइएको हो। ईलाका प्रहरी कार्यालयका अनुसार उक्त हिरासतमा २७ जना थुनुवा रहेका छन् । यसअघि सोही कार्यालयका ४ जना प्रहरी जवानलाई पनि कोरोना संक्रमण पुष्टी भएको थियो।
यस्तै बुटवलका दुई जना चिकित्सकमा पनि संक्रमण देखिएको छ । रुपन्देहीमा संक्रमितको संख्या ७ सय ६० पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: