- अर्थ सरोकार सम्बाददाता
बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका -४ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो । प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका मृतकको स्वास्थ्यमा जटिलता भएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको बताएका छन् । कोरोना संक्रमण पुष्टी भएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो ।