×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल उपमहानगरपालिकाका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, अत्यावश्यकबाहेक सबै सेवा बन्द

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुटवल उपमहानगरपालिकाका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, अत्यावश्यकबाहेक सबै सेवा बन्द

Artha Sarokar

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । बुटवल उपमहानगरपालिकाका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ ।
आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
उपमहानगरभित्र रहेका बैङ्क तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले बैङ्क तथा वित्तीय संस्थाहरुलाई आइतबारदेखि नै लागु हुने गरी अनलाइनबाहेकका सबै सेवाहरु बन्द गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
बुटवल उपमहानगरमा पछिल्लो दुई दिनमा मात्र समुदाय स्तरमा ४० जना कोरोना संक्रमित थपिएका छन् । यसअघि नै उपमहानगरले भदौ ५ सम्मका लागि लकडाउन गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी