- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चार्टर्ड एकान्टेन्सी सम्वन्धि शिक्षा प्रदान गर्दै आएको सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए)ले निःशुल्क अनलाइन कक्षा सञ्चालन गरेको छ । सीसीएले एनइबी कक्षा १२ को परिक्षाको लागि जुलाई २६बाट एक महिनाका लागि निःशुल्क प्रि अनलाइन कक्षा सञ्चालन गरेको हो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण विद्यालय तथा विश्वविद्यालयका कक्षाहरु र परिक्षासमेत प्रभावित भएको र विद्यार्थीहरुमा मानसिक तनाव बढेको पाइएको छ । यसलाई न्यूनिकरण गर्न र परिक्षाको तयारी गर्न भनेर अनलाइनबाट निःशुल्क कक्षा सञ्चालन गरेको सीसीएका निर्देशक मनिष शर्माले जानकारी दिए ।
शर्मा भन्छन्, ‘प्रि कक्षा, विद्यार्थीहरुका लागि खाली समयमा लेखा सम्वन्धि ज्ञान हासिल गर्नका लागि एक राम्रो अवसर हुनेछ । यस्तो कक्षा विद्यार्थीहरुलाई चार्टर्ड एकाउन्टेन्ट बारेमा जानकारी हासिल गर्न सहयोगी सावित हुनेछ ।’
खासगरी, सीसीएले वर्तमान अवस्थालाई हेरेर प्रि कक्षा संचालन गरेको हो । कक्षा, जुम एप्लिकेशनमार्फत प्रदान गरिरहेको सीसीएले जनाएको छ । एसीसीए अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले निःशुल्क कक्षामा सहभागिता जनाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्