×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्वात्तै कोरोना संक्रमित थपिएपछि आकस्मिक रुपमा बसेको सीसीएमसी बैठकको आगामी रणनीति के ? (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

ह्वात्तै कोरोना संक्रमित थपिएपछि आकस्मिक रुपमा बसेको सीसीएमसी बैठकको आगामी रणनीति के ? (भिडियो रिपोर्ट)

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । देशभरी कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले आगामी रणनीतिको विषयमा छलफल गरेको छ । मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण देखिएपछि आकश्मिक रुपमा बसेको सीसीएमसी बैठकले आगामी रणनीतिको विषयमा छलफल गरेको हो । उपत्यका लगायत देशभरी नै संक्रमणको दर बढेपछि आगामी रणनीति के हुने भन्ने विषयमा छलफल भएपनि कुनै निर्णय भने नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो । बैठकमा विगतमा सरकारले गरेका निर्णय र ती निर्णयहरुको प्रभावकारिताका विषयमा छलफल भएको उहाँले बताउनुभयो । संक्रमणको दर बढ्दै गएपनि आगामी रणनीति के हुने भन्ने विषयमा फरक फरक धारणा आएकाले बुधबार पुनः बैठक बसी थप छलफल गरिने उहाँले बताउनुभयो ।
सरकारले संक्रमणको अवस्था विश्लेषण गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक वा पूर्ण रुपमा निषेधाज्ञा गर्ने अधिकार दिएकाले त्यस सम्बन्धि निर्णय पनि सम्बन्धि जिल्ला अधिकारीहरुले गर्ने उहाँले बताउनुभयो । अहिलेसम्म देशका विभिन्न ४१ जिल्लामा पूर्ण वा आंशिक रुपमा निषेधाज्ञा जारी भएको उल्लेख गर्दै उहाँले उपत्यकाका हकमा के गर्ने भन्ने विषयमा सीसीएमसी बैठकमा छलफल नभएको बताउनुभयो । निषेधाज्ञा जारी गर्ने÷नगर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरुले अधिकार प्राप्त गरेकाले सम्बन्धि क्षेत्रको अवस्थाको विषयमा विश्लेषण गरी निर्णय पनि प्रमुख जिल्ला अधिकारीले नै गर्ने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: