
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले पदवहाली गरेका छन् । उनले मंगलबार सीडीएससीकै कार्यालयमा आफ्नो पदको पदवहाली गरेका हुन् ।
गत सोमबार (भदौ ८ गते) नेप्सेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीडीएससीको सीईओ पदमा नियुक्त गरेको थियो । आचार्यले आगामी ४ वर्षसम्म सीडीएससीमा आफ्नो कार्यभार सम्हाल्ने छन् । उनले पदवहाली गर्दै विभिन्न ५ वटा कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।
सीडीएसको सेवा प्रभावकारी बनाउने तथा लगानीकर्ताको विश्वास जित्न प्रयास गर्ने, सेयर कारोबार सेटलमेन्टका काम २ दिनभित्र गर्ने, लगानीकर्ताको डिजिटल केवाइसी गर्ने, लाखौं लगानीकर्ताको डाटा सुरक्षा प्रणालीलाई अझ बलियो बनाउने र सीडीएससी सम्बन्धि छुट्टै नियम कानुन बनाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्