×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैठक तथा भेला नगर्न जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशन, ७७३ जना कारवाहीमा !

LAXMI SUNRISE BANK

बैठक तथा भेला नगर्न जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशन, ७७३ जना कारवाहीमा !

२० श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । प्रशासनले सूचना जारी गर्दै जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै यस्तो निर्देशन दिएको हो । भेला तथा बैठक सञ्चालन गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च हुने भएकाले त्यस्ता प्रकारको कुनै पनि गतिविधि नगर्न/नगराउन प्रशासनले अनुरोध गरेको छ । 
प्रशासनको निर्देशन अवज्ञा गरी यस्ता कार्यलाई सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने जनाएको छ । सूचनामा जिल्लाका सातवटै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ, गैरसरकारी संस्था महासङ्घ चितवन र जिल्ला सहकारी सङ्घलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह पनि गरिएको छ ।
यस्तै जिल्लाका विभिन्न स्थानमा सरकारले गरेको कोरोना नियन्त्रण अभियानमा असहयोग गर्ने ७७३ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आइतबार र सोमबार गरी उनीहरुलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी