×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर क्यान्सर अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भरतपुर क्यान्सर अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द

Artha Sarokar

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अत्यावश्यकबाहेकका सबै सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पछिल्लो समय लगातार कोरोना रिर्पोट पोजेटिभ आउन थालेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएकोअस्पतालले जनाएको छ । 
अस्पतालमा नियमित उपचार गराइरहेका बिरामीहरुको उपचार भने रोकिएको छैन । संक्रमितसँग सम्पर्कमा आएकाहरूको परीक्षण र अस्पतालको निर्मलीकरण गर्नुपर्ने भएकोले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम बताए । अहिलेसम्म अस्पतालमा तीन जना कार्यालय सहयोगीसहित १० जनामा संक्रमण देखिएको उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी