
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुरको वडा नम्बर ५ का एक जना, ७ का दुई जना, १० का चार जना, १६ र २६ का एक-एक जना रहेका छन् । यस्तै अन्य जिल्लाका १० जनामा कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमण पुष्टी हुनेमा पूर्वी नवलपरासी गैंडाकोट–८ का २५ वर्षीया महिला, विनयी त्रिवेणी–६ का ५५ वर्षीय पुरुष गरि २ जना, बाराको जितपुर–१७ का ५३ वर्षीय पुरुष र कलैया–३ का २५ वर्षीया महिलागरि २ जना रहेका छन् ।
साथै मकवानपुरको हेटौंडा–११ का ५२ वर्षीय महिला, रौतहट जिग्दवा–२ का ४५ वर्षीया महिला, दाङ लमही–५ का २२ वर्षीया महिला, सर्लाही हरिपुर–२ का ५८ वर्षीय पुरुष, धनुषा ठाडी–४ का २३ वर्षीया महिला र पर्सा वीरगञ्ज–३ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्