
चितवन । पूर्वी चितवनको एक उद्योगमा कार्यरत ५२ मजदुरलाई एकैपटक कोरोना सङ्क्रमण देखिएपछि समूहमा काम गर्ने उच्च जोखिममा रहेको देखिएको छ। रत्ननगर नगरपालिका-४ मा रहेको त्रिशक्ति खाद्य उद्योगमा रहेका ७६ मजदुरमध्ये ५२ मा संक्रमण पुष्टि भएको जनाइएको छ । उद्योगमा कार्यरत अधिकांश मजदुर तराईका हुन्। रत्ननगर नगरपालिका प्रमुख नारायण वनले उद्योग सञ्चालकले सावधानी नअपनाएकै कारण समस्या देखिएको बताए । जनप्रतिनिधिले ध्यान नपुर्याएको जनाउँदै स्थानीय रुष्ट भएका छन्। यसअघि भरतपुर महानगरपालिका- ४ मा रहेको जस्मीन पेन्ट्समा पनि छ जनामा संक्रमण देखिएको थियो ।
वडाध्यक्ष हरि आचार्यले त्यहाँका मजदूर अहिले पनि आइसोलेसनमा रहेका बताए। उनले भने, “उद्योगले सावधानी अपनाउन नसक्दा सङ्क्रमण फैलिने डर भयो ।” लकडाउनकै समय र यसपछि यहाँका उद्योगले स्थानीय तह र प्रशासनको आँखा छलेर मजदुर ल्याएको पाइएको छ। उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलका अनुसार जिल्लामा १०० जनाभन्दा बढी मजदूर भएका ५० वटा, ५० जनाभन्दा बढी भएका २०० र २० जनाभन्दा बढी मजदूर भएका ५०० उद्योग छन्। सानासहित उद्योगको सङ्ख्या एक हजार ५०० भन्दा बढी छ। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी स्वास्थ्य मन्त्रालयले उद्योग, कलकारखानाका सञ्चालकलाई निजी खर्चमा पीसीआर परीक्षण गर्न निर्देशन गरेको जानकारी दिए।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्