- अर्थ सरोकार सम्बाददाता
विराटनगर । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार उनीसहित परिवारका अन्य ३ जना सदस्यमा संक्रमण पुष्टी भएको हो । संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भइरहेको छ ।
मुख्य न्यायायाधिवक्ता आचार्यलाई झन्डै २ हप्ता अघि सामान्य ज्वरो आएको थियो । त्यसपछि उनी घरमै आइसोलेसनमा बसेका थिए । यद्यपी आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । आचार्य नियमितरुपमा कार्यालयको काम र बैठकहरुमा सहभागी थिए । सो क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुनसक्ने आचार्यको अनुमान छ ।