- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागरिक लगानी कोष (सीआइटी) कोे ५० हजार कित्ता संस्थापक सेयर भर्ने आज (सोमबार) अन्तिम दिन रहेको छ । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) कोे संस्थापक सेयर सोमबार (भदौ ८ गते) बिक्री खुल्ला गरेको हो।
लगानीकर्ताले यो सेयरमा न्यूनतम २३ सय रुपैयाँ भाउ राखेर न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा भदौ १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट नक्साल काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।