![](https://arthasarokar.com/wp-content/uploads/2020/08/2-646.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिटिजन्स बैंकको हेड अफिसमै कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । बैंकको फाइनान्स डिपार्टमेन्टमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उक्त विभागमा कार्यरत ती महिला कर्मचारी अहिले आइसोलेसनमा छिन् भने उनीसँगै काम गर्ने कर्मचारीहरुको कोरोना टेष्ट गरिएको छ । उनीहरुको रिपोर्ट भने अझै आइपुगेको छैन ।
बैंकका कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछी बैंकको मुख्य कार्यालय सिल गरिएको छ। अहिले संक्रमितको अवस्था सामान्य रहेको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/08/2-647.jpg)
यो बैंकले यसअघि पनि थुप्रै ठाउँमा लापरवाही गरेको थियो । सिटिजन्स बैंकको एटिएमम पनि असुरक्षित भएको भन्दै चौतर्फी गुनासो आएको थियो भने बैंकका विभिन्न शाखा कार्यालयहरुमा पनि ‘हामीलाई कहाँ कोरोना लाग्छ र ?’ भन्ने शैलीमा भीडभाडलाई बैंक व्यवस्थापनले बेवास्ता गर्दै आएको थियो ।

![](https://arthasarokar.com/wp-content/uploads/2020/08/117264400_1253220325011760_295968775855224327_n.jpg)