×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको खुद नाफा घट्यो, प्रति सेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा हुँदा अन्य सूचक कस्ता ? (विवरणसहित)

PRIME CA

सिटिजन्स बैंकको खुद नाफा घट्यो, प्रति सेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा हुँदा अन्य सूचक कस्ता ? (विवरणसहित)

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको असार मसान्तसम्मको विवरण अनुसार बैंकले १ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २३.७२ प्रतिशतले कम हो । अघिल्लो वर्षको यहि अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी ७.१८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २ अर्व ६८ करोड ८४ लाख खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष बढाएर २ अर्व ८८ करोड १६ लाख रुपैयाँ पुर्याएको छ । यस्तै गरी, सञ्चालन नाफा भने ३०.७३ प्रतिशतले घटेर १ अर्व ४५ करोड ४७ लाख रुपैयाँमा खुम्चिएको छ । 
असारमसान्तसम्ममा बैंकले निक्षेप सङ्कलन र कर्जा प्रवाह क्रमश: २५.५३% र २५.८४%ले बढेको छ । समिक्षा अवधिमा बैंकले ८ अर्व ८५ करोड १६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर ७ अर्व ९१ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ संचित छ। 
यता, बैंकको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवको असार मसान्तमा १७ रुपैयाँ ७९ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा घटेर १२ रुपैयाँ २८ पैसामा खुम्चिएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ०७ पैसा रहेको प्रकाशित विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: