
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ। 

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
सिटिजन लाइफले १ सय रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको आइपिओ जारी गर्न लागेको हो । हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपैयाँ छ । कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड चुक्ता भइसकेको र सर्वसाधारणका लागि छुट्टाइएको ७५ करोडको शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्