- अर्थ सरोकार सम्बाददाता
हेटौंडा । सिभिल बैंकका १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको हेटौंडामा रहेको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकका कर्मचारीमा कोरोना असंक्रमण पुष्टी भएपछी बैंकको उक्त शाखा सिल गरिएको छ ।
वडा प्रहरी कार्यालय मकवानपुरले आइतबार मकवानपुरमा भेटिएका संक्रमितमध्ये १ जना बैंकका कर्मचारी रहेको बताइएको छ । हाल संक्रमितको स्वास्थ्यअवस्था सामान्य रहेको बताइएको छ । १ कर्मचारी संक्रमित भएपछी बैंकका अन्य कर्मचारीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ।
यसअधिको समाचारमा बैंकको एक कर्मचारी हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक