×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तको १०० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला, असार १४ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल लघुवित्तको १०० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला, असार १४ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

Artha Sarokar

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर बिक्रि खुल्ला गरेको छ। संस्थाको हकप्रद सेयर १:१  अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे । संस्थाको उक्त हकप्रद सेयरका लागि असार १५ गते (एक दिन)को बुकक्लोज गरेको थियो । यस अनुसार असार १४ गतेसम्म कायम सेयरधनीले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी, सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा र सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । बैंकको उक्त हकप्रद सेयरमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी