×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तको १०० प्रतिशत हकप्रद सेयर भर्ने अव कति बाँकी छ समय ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिभिल लघुवित्तको १०० प्रतिशत हकप्रद सेयर भर्ने अव कति बाँकी छ समय ?

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर भर्ने आइतबार (भदौ १४ गते) अन्तिम दिन रहेको छ। संस्थाको हकप्रद सेयर १:१ अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । संस्थाको उक्त हकप्रद सेयरका लागि असार १५ गते (एक दिन)को बुकक्लोज गरेको थियो । यस अनुसार असार १४ गतेसम्म कायम सेयरधनीले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी, सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा र सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: