×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तको १००% हकप्रद सेयर भर्ने म्याद १५ दिन थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिभिल लघुवित्तको १००% हकप्रद सेयर भर्ने म्याद १५ दिन थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद सेयर भर्ने म्याद थप गरेको छ । संस्थाले हकप्रद सेयरको लागि १५ दिन म्याद थप गरी अव लगानीकर्ताले भदौ २९ गतेसम्म आवेदन दिन पाउने भएका छन्। कम्पनीले निषेधाज्ञाका कारण हकप्रद सेयर भर्ने म्याद थप गरेको हो ।
संस्थाले साउन २५ गतेबाट १:१ अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । संस्थाको उक्त हकप्रद सेयरका लागि असार १५ गते (एक दिन)को बुकक्लोज गरेको थियो । यस अनुसार असार १४ गतेसम्म कायम सेयरधनीले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी, सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा र सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: