Skip to content
LAXMI SUNRISE BANK

चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितहरुको आइसोलेसनमा उपचार हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । चितवनका १० जना र मकवानपुरका १ जना गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा न ५,१०, ११, १५, र १८ का ३ पुरुष सहित चार जना महिलामा कोरोना संक्रमण देखिएको छ । 
यस्तै चितवनको राप्ती नगरपालिकाका थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । आइतवार नै गरिएको परीक्षणमा हेटौंडा– ९ का ६० वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK