
- अर्थ सरोकार सम्बाददाता
कास्की । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा क्षयरोग केन्द्र र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीमा थप १४ जनामा कोरोना पुष्टी भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरु नवलपरासी पूर्वका १२ जना र तनहुँका २ जना रहेका छन् । कोरोना संक्रमितहरुलाई आईसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा.शर्माले जनाकारी दिए ।
योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ७७९ पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ५५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्