×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ठुलो संख्यामा कोरोना संक्रमित थपिए, संक्रमितको संख्या कति ?

GLOBAL IME BANK

सोमबार ठुलो संख्यामा कोरोना संक्रमित थपिए, संक्रमितको संख्या कति ?

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर सोमबार ठुलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित संख्या ३९ हजार नाघेको छ । पछिल्लो २४ घन्टाभित्र संक्रमणबाट मृत्यु हुनेहरु बढेका छन् ।
विभिन्न अस्पताल र प्रदेशहरुबाट प्राप्त विवरण अनुसार सयौको सख्यामा संक्रमित थपिएको जानकारी प्राप्त भएको हो । आज थपिएको संख्यासँगै कुल संक्रमित संख्या ३९ हजार नाघेको छ । हिजोसम्म कुल संक्रमितको सख्या ३८ हजार ५ सय ६१ पुगेको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको औपचारिक जानकारी रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: