काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना देखिएसंगै विभागको सेवा बन्द गरिएको छ । विभागका महानिर्देशक रमेशकुमार केसीले विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको बताए । जसमा १ कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ । अन्य ५६ जनाको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए ।
उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।