×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा १ करोड ७७ लाख बढीले कोरोनालाई जिते, सङ्क्रमित कति पुगे ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विश्वमा १ करोड ७७ लाख बढीले कोरोनालाई जिते, सङ्क्रमित कति पुगे ?

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर पौने २ करोड सङ्क्रमितले कोरोनालाई जितेका छन् । २१३ देशमा फैलिएको कोरोनाका कारण सङ्क्रमित भएका १ करोड ७७ लाख१० हजार ८०२ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।अमेरिकाका ३४ लाख २५ हजार, ब्राजिलका ३० लाख ३१ हजार, भारतका २७ लाख ७२ हजार र रसियाका ८ लाख ८ हजार कोरोना सङ्क्रमितले कोरोनालाई जितेका हुन् । अहिले ६८ लाख २८ हजारभन्दा धेरै व्यक्तिको उपचार भैरहेको छ । विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये १ प्रतिशत बिरामीको अवस्था गम्भीर छ । ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।
अहिलेसम्म कोरोनाका कारण २ करोड ५३ लाख ९३ हजार ७०४ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ८ लाख ५० हजारको ज्यान गएको छ । कोरोनाका कारण सबैभन्दा धेरै प्रभाव अमेरिकाको क्यालिफोर्नियामा परेको छ । क्यालिफोर्नियामा मात्रै अहिलेसम्म ७ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: