×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरिया नगरपालिकाका मेयर र मेसु सहित ३३ जनामा कोरोना संक्रमण पुष्टी

PRIME CA
GLOBAL IME BANK

पोखरिया नगरपालिकाका मेयर र मेसु सहित ३३ जनामा कोरोना संक्रमण पुष्टी

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका मेयर र मेसु सहित ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेसु अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । साउन २६ गते मेयर दीपनारायण रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाउँदा आइतबार ३३ जनाको रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।
पोखरिया नगरपालिकाका मेयर रौनियारसहित वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव, अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । पोखरियाका एक जना पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।
पोखरिया अस्पतालका ७ डाक्टरमध्ये मेसुसहित ४ डाक्टर र ४ नर्समध्ये ३ नर्स संक्रमित भएका छन् । यसअघि नै पोखरिया नगरपालिका ४ वडाध्यक्ष, एक डाक्टर, एक नर्स र अन्य ३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको उपप्रमुख सलमा खातुनले जानकारी दिइन् । केही दिनअघि १२ सय स्वाब नमुना परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: