×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्पाइनल इन्जुरी अस्पतालमा २३ जना र धुलिखेल अस्पतालमा १० जना र धुलिखेलका स्थानीय दुई जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै काभ्रेपलाञ्चोकमा संक्रमितको संख्या १३९ पुगेको छ ।
बनेपा नगरपालिका–१३ मा रहेको स्पाइनल इन्जुरी अस्पतालमा संक्रमण देखिएकामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राही समेत रहेको अस्पतालका निर्देशक हरि अधिकारीले जानकारी दिए । स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि स्पाइनल इन्जुरी अस्पतालका निर्देशकसहित कर्मचारी एवं स्वास्थ्यकर्मीहरू होम क्वारेन्टिनमा बसेको अधिकारीले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: