×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमइ बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, २२ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखियो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमइ बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, २२ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखियो !

Artha Sarokar

२४ श्रावण २०७७, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
लहान । सिराहाको लहान स्थित ग्लोबल आईएमई बैकमा कार्यरत कर्मचारीमा कारोना  संक्रमण पुष्टी भएको छ ।स्थायी घर महोत्तरी भई लहान शाखामा कार्यरत ३० वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्णदेब यादवले पुष्टी गरेका छन् । उनका अनुसार केही दिन अगाडि बिरामी परेर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टी भएको हो । उनको स्वास्थ्यस्थिति सामान्य रहेको समेत उनको भनाइ छ ।

ग्लोबल आइएमइको लहान शाखाको कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि शनिवार ४ः३० बजे नै उक्त बैङ्क सिल गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक शरत थापा क्षेत्रीले बताएका छन् । कर्मचारीलाई संक्रमण देखिएपछि बैंकमा कार्यरत २२ जना कर्मचारी सबैलाई एकै स्थानमा क्वारेन्टाइनमा राखिएको छ ।

लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवकाअनुसार बैंकका कर्मचारीहरुलाई आफ्नै खर्चमा एउटा होटलमा क्वारेन्टिन बस्नु भएको छ भने केहि कर्मचारी घरमै होम क्वारेन्टिनमा छन् ।

यता चितवनमा शनिबार राष्ट्रिय वाणिज्य बैंकका १ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको भरतपुर चौविसकोठी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकको फ्रन्ट डेस्कमै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले सो बैंकमा केहिदिन यता पुगेका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् । यसअघि प्रदेश नम्बर ५ मा रहेको राष्ट्रिय बाणिज्य बैंकको एक शाखामा पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।
यता लक्ष्मी बैंकका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलबस्तु स्थित लक्ष्मी बैंकको एक शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै एभेरेष्ट बैंक लिमिटेडका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलबस्तु स्थित एभरेष्ट बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बैंक सिल गरिएको छ । यस्तै कपिलबस्तुमा तिनाउ मिसन बैंकका ३ कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै कपिलबस्तुमै नेपाल बैंक नेपाल लिमिटेडका २ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी बह्येको छ । 
‘संक्रमित कर्मचारीलाई छुट्टै आईसोलेट भएर बस्न भनेका छौं । विशेषगरी लोन, र क्यासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘अहिले शाखा पनि पूर्ण रुपमा बन्द गर्न निर्देशन गरेका छौं । अव स्थिति सामान्य नभएसम्म बैंक खुल्दैन।’ 
यता मेगा बैंक नेपाल लिमिटेडका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलबस्तुस्थित मेगा बैंक नेपाल लिमिटेडको एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै कपिलबस्तुमै ग्लोबल आइएमइ बैंकका ३ कर्मचारी र कृषि बिकास बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । मेगा बैंक र कृषि बिकास बैंक लिमिटेडमा यसअघि पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । 
यसअघि नबिल बैंक लिमिटेड, इटहरी, नेपाल बंगलादेश बैंक लिमिटेड, बिरगंज, मेगा बैंक लिमिटेड धादि, सेन्चुरी कमर्सियल बैंक लिमिटेड अछाम, प्रभु बैंक लिमिटेड सिमरा, गरिमा बिकास बैंक लिमिटेड रुपन्देही, कृषि बिकास बैंक लिमिटेड गुल्मी, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड कपिलबस्तु लगायतका बैंकहरुमा पनि कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । 
पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुने क्रम बढिरहेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी